२०८३ साउन ९ शनिबार

डारफरमा जारी हिंसामा परी ६० जनाको ज्यान गयो

ई आर्थिक    सोमबार, साउन १२ २०७७
4.6K
Shares
डारफरमा जारी हिंसामा परी ६० जनाको ज्यान गयो

खार्तोम, साउन १२ गते। सुडानको पश्चिमी डारफर क्षेत्रमा भएको हिंसामा परी कम्तीमा पनि ६० जनाको ज्यान गएको छ । उक्त हिंसामा परी अरु ६० जना जति नराम्ररी घाइते भएका संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जानकारी दिएका छन् ।

पश्चिमी डारफरको मास्तेरी भन्ने गाउँमा करिब ५०० को संख्यामा आएका सशस्त्र हतियारधारीहरुले आक्रमण गरेका थिए । सो हिंसामा परी कम्तीमा पनि ६० जनाको ज्यान गएको छ भने अरु ६० जना नराम्ररी घाइते भएका छन् । उक्त क्षेत्रमा शनिबार अपराह्न सो हिंसा भएको राष्ट्रसंघीय सुरक्षा अधिकारीका साथै अधिकारवादी संस्थाहरुले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उक्त क्षेत्रमा विगत लामो समयदेखि हिंसा भइरहेको भन्दै यसलाई पछिल्लो समयमा भएको एक ठूलो हिंसाका रुपमा लिइएको छ ।

उक्त मस्तेरी गाउँमा घरहरु भत्काइएका र जलाइएका छन् भने अरु पनि कैयाँै पूर्वाधारहरु नष्ट भएका पनि बताइएको छ ।पश्चिम डारफरको सरकारी समाचार समिति सुनाले सो समाचार दिएको छ । सुनाले उक्त गाउँका विभिन्न जातीय समूहबीच सो हिंसा भएको बताएको छ ।

विभिन्न जातीय समूहरुका आ–आफ्ना सशस्त्र विद्रोही समूहहरु रहेका र उनीहरु एक आपसमा भिडन्त पनि गरेका सो समाचार समितिको समाचारमा उल्लेख गरिएको छ । यसअघि पनि हिंसा भएको सो क्षेत्रमा गएको जुलाई १३ मा सुरक्षा संकटकालको घोषणा गरिएको थियो । तर त्यस यता पनि हिंसा भने रोकिएको छैन ।

सुडानी प्रधानमन्त्री अब्दुल्लाह हामदकले उक्त क्षेत्रका नागरिकको जीवन रक्षाका लागि सेना पठाउने जानकारी दिनुभयो । उहाँले हाल त्यहाँ खेतीबालीको मौसम रहेकाले यस समयमा हुनसक्ने हिंसा रोक्नका लागि पनि त्यस क्षेत्रमा आवश्यक परेको संख्यामा हामी सुरक्षाकर्मीहरु पठाउने तयारी गरेका छौँ भन्नुभयो ।

पश्चिमी सुडानी क्षेत्र डारफरमा गएको सन् २००३ देखि ठूलो हिंसा मच्चाइएको छ । त्यहाँ जातीय विद्रोही र सुरक्षा अधिकारीहरुका बीचमा त्यस यता देखि नै हिंसा जारी रहेको बताइएको छ ।

-रासस / सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij