२०८३ साउन ९ शनिबार

सर्वोच्चद्वारा जयबहादुर चन्दको बढुवा बदर, नवराज सिल्वालकाे संभावना बढ्याे

ई आर्थिक    मंगलबार, चैत्र ८ २०७३
6.2K
Shares
सर्वोच्चद्वारा जयबहादुर चन्दको बढुवा बदर, नवराज सिल्वालकाे संभावना बढ्याे

सर्वोच्च अदालतले जयबहादुर चन्दको बढुवा गर्ने सरकारकाे निर्णयलाइ बदर गरिदिएकाे छ । सरकारले फागुन १ गते प्रहरीको सर्वोच्च पद महानिरीक्षकमा पहिलो वरीयताका नवराज सिलवाल र दोस्रो वरीयताका प्रकाश अर्याललाई पन्छाउँदै तेस्रो नम्बरका चन्दलाई बढुवा गरेको थियो ।

सर्वाेच्चले  चन्दलाइ बढुवा गर्ने निर्णय खारेजीसँगै राजनीति क्षेत्रमा समेत एउटा तरंग ल्याइदिएकाे छ । सर्वाेच्चले प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन समेत सरकारलाइ निर्देशन दिएकाे छ । याे निर्णयसँगै पहिलाे बरियातका नवराज सिल्वालकाे संभावना बढेकाे छ ।

Nawaraj-Silwal

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिल सिन्हाको पूर्ण इजलासले चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय बदर भएको फैसला सुनाएको थियाे ।

बढुवा गरेको केही घण्टामै प्रधानन्यायाधीश कार्कीकै इजलासले महानिरीक्षक बढुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश समेत दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij