ई आर्थिक, काठमाडौं । बैंकहरुले लक डाउनमा पनि सेवा दिने भएका छन् । अति आवश्यक सेवामा पर्ने बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकको निर्देशनमा आंशिक रुपमा खुल्ने भएका हुन् ।
त्यसका लागि धेरै बैंकहरुले आफ्नो वेवसाइडमार्फत् खुल्ने शाखा र सम्बन्धित कर्मचारीको नाम र फोन नम्बर पनि सार्वजनिक गरेका छन् । जसअनुसार आज देखि बैंक तथा वित्तीय संस्थाहरू ११ बजेबाट १ वा २ बजेसम्म खुल्ने भएका छन् ।
बैंकका राखेको पैसा झिक्नका लागि एटीएम, मोवाइल र इन्टरनेट बैंकिङ कारेबार गर्न र केहि समस्या परे बैंकको सम्बन्धित कर्मचारीलाई कल गर्न आग्रह गरेको छ । त्यस्तै सकेसम्म ग्राहकलाई बैंक नआउनका लागि पनि आग्रह गरिएको छ ।
लक डाउन अवधिमा डिजिटल कारोबारका लागि र बैंकबाट रकम जम्मा गर्न, झिक्न, एलसी, बैंक ग्यारेन्टि जस्ता प्रयोजनका लागि मात्र न्यूनतम दैनिक २ घण्टा बैंकले सेवा दिने बैंकर्स संघले जनाएको छ । त्यसैगरी, एटीएम बुथ नभएका शाखा सकेसम्म स्थानीय सरकारसँग समन्वय गरेर खोल्न बैंकर्स संघले आफ्ना सदस्यहरुलाई भनेको छ भने राष्ट बैंकले पनि यही गर्न निर्देशन दिएको छ ।
हाल बैंकहरु बन्द हुँदा आम नागरिकहरुलाई नगदको समस्या पर्न थालेपछि नेपाल राष्ट्र बैंकले नगद अभाव हुन नदिन निर्देशन दिएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि सूचना जारी गर्दै बैंकवित्तबाट हुने नगद कारोबारको सूनिश्चितता मिलाउन तथा सकेसम्म थोरै कर्मचारीबाट सेवा प्रदान गर्न एवं डिजिटल सेवामा जोड दिन र एटीएमहरुमा प्रसस्त रकम जम्मा गर्न बैंकवित्तलाई निर्देशन दिएको थियो ।
त्यसैगरी प्रत्येक प्रदेशका स्थानीय सरकारसँग समन्वयन गरेर सकेसम्म केही शाखाहरु नियमित रुपमा थोरै कर्मचारीद्धारा संचालनमा ल्याउन भनिएको थियो । बैंक वित्तले खुल्ने शाखाको बारेमा विवरण बनाई शाखामा रहने व्यक्तिको नाम र नंबर सहित उल्लेख गरी सबै बैंकका शाखामा सुचना प्रकाशन गर्न एवं आफ्नो वेभसाइटमा समेत राख्न अनुरोध गरेको थियो।
कुन बैंकका कुन शाखा खुल्छन्, कस्लाई सम्पर्क गर्ने ?





