२०८३ साउन ९ शनिबार

सुर्खेतबाट पनि लाइसेन्स वितरण हुने, नेपालगञ्ज जानुपर्ने बाध्यता रहेन

ई आर्थिक    सोमबार, माघ ६ २०७६
5.9K
Shares
सुर्खेतबाट पनि लाइसेन्स वितरण हुने, नेपालगञ्ज जानुपर्ने बाध्यता रहेन

ई–आर्थिक, सुर्खेत । यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकार अन्तरगतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विभागबाट अनुमति पाएसँगै कार्यालयले अनलाइन आवेदन खुल्ला गरेको छ ।

यसअघि सवारी चालक अनुमतिपत्र लिन कर्णाली प्रदेशबाट प्रदेश ५ को नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय जानुपर्ने बाध्यता थियो । प्रदेश सरकार गठन भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो । सुर्खेतबाटै लाइसेन्स वितरण हुने भएपछि कर्णालीवासीले खुशी व्यक्त गरेका छन् ।

यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले लाइसेन्स वितरणको व्यवस्थापकीय तयारीमा जुटिसकेको बताउनुभयो । मन्त्रालयले करार सेवामा प्राविधिकतर्फका कर्मचारी छनोट गरेपछि सुर्खेतबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij