२०८३ साउन ९ शनिबार

आईएमई लाइफको एजेन्सी मिट तथा अवार्ड कार्यक्रम सम्पन्न

ई आर्थिक    शुक्रबार, पौस १८ २०७६
11.7K
Shares
आईएमई लाइफको एजेन्सी मिट तथा अवार्ड कार्यक्रम सम्पन्न

ई–आर्थिक, काठमाडौं । गण्डकी प्रदेश, पर्वत जिल्लामा आईएमई लाइफ इन्स्योरेन्सले गण्डकी प्रदेश स्तरीय एजेन्सी मिट तथा एवार्ड कार्यक्रम सम्पन्न गरेको छ। शनिबार कुश्मामा एक कार्यक्रमको आयोजना गरी कम्पनीमा उत्कृष्ट व्यवसाय गर्ने ४८ जना एजेन्सी मेनेजरलाई सम्मान गरेको हो।

कार्यक्रममा पर्वत, वाग्लुङ, म्याग्दी, कास्की, स्याङ्जा, तनहु (दमौली) लगायतका जिल्लावाट प्रतिनिधित्व रहेको थियो। सोही कार्यक्रमका विच कम्पनीले एजेन्सी मेनेजरहरुमा लागेर सहायक महाप्रबन्धक, मार्केटिङ प्रमुख तथा मोटिभेसनल ट्रेनर ऋषिभक्त ढकालको सहजीकरणमा मोटिभेशनल शेसन पनि संचालन गरेको थियो।

कार्यक्रम आईएमई लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक तथा गण्डकी प्रदेश प्रमुख सुर्यप्रसाद घिमिरेको अध्यक्षता, धवलागिरी एरिया प्रमुख शिवप्रसाद शर्माको संचालनमा, कम्पनीका कार्यकारी प्रमुख चन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वेनी नगरपालिकाका उपप्रमुख तथा आईएमई लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजर सञ्जु थापा वरुवाल, सिनियर एजेन्सी मेनेजर अधिवक्ता ममता शर्मा, प्रदेशमा नै उत्कृष्ट विमा व्यवसाय गर्ने एजेन्सी मेनेजर सुगम श्रेष्ठ, पोखराका सिनियर एजेन्सी मेनेजर तिलक सापकोटा लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij