२०८३ भाद्र २९ सोमबार

एनआईसी एशिया बैंकका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा १५% सम्मको छुट

ई आर्थिक    बिहिबार, पौस १७ २०७६
5.6K
Shares
एनआईसी एशिया बैंकका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा १५% सम्मको छुट

ई–आर्थिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र तिनाउ इन्टरनेशनल हस्पिटल बुटवलबीच सेवामा छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका सम्पुर्ण ग्राहक र कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहकलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एनआईसी एसिया बैंकले मुलुकभरका ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब २० लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाब, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij