२०८३ साउन ११ सोमबार

महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न आयोगको निर्देशन

ई आर्थिक    बिहिबार, कार्तिक १ २०८१
3.5K
Shares
महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न आयोगको निर्देशन

ई-आर्थिक, काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।

आयोगको यही असोज ३० गते बसेको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए  । स्थानीय तहको उपनिर्वाचन आगामी मङ्सिर १६ गते हुँदै छ ।

‘स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ ।’ आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले यसअघि नै उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij