२०८३ साउन ९ शनिबार

बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्ममा आउने

ई आर्थिक    बिहिबार, कार्तिक १ २०८१
6.4K
Shares
बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्ममा आउने

ई-आर्थिक, काठमाडौं ।  असोज १७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट हटाइने भएको छ । अब फिल्म अनलाइन प्ल्याटफर्म ओटीटीमा हेर्न सकिने भएको छ ।

फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतले हल व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै फिल्मलाई हलबाट उतार्ने निर्णय गरेका हुन्  । उनले सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै दर्शकहरूलाई धन्यवाद व्यक्त गर्दै भने , “हलमा हेर्नुहुने सबै दर्शकहरूलाई धेरै धन्यवाद । सम्मानजनक सो उपलब्ध गराएकोमा क्यूएफएक्स सिनेमाजलाई विशेष धन्यवाद । तर अक्टोबर १७ अर्थात् कात्तिक १ गतेदेखि नेपालका सबै हलहरूबाट हाम्रो फिल्म उतार्ने निर्णय गरेका छौँ ।”

यस्तै, चलचित्र एमएसएम भिडिओ मार्फत हेर्न मिल्ने निश्चल बस्नेतले जानकारी दिए । बस्नेतले हलहरूको व्यवस्थापनले नेपाली फिल्मलाई उचित प्राथमिकता नदिएको आरोप लगाउनुभएका छन् । उनले आफ्नो फिल्मले राम्रो अकुपेन्सी हासिल गरे पनि पर्याप्त सो नपाएको गुनासो गर्दै हिन्दी फिल्महरूलाई प्राथमिकता दिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij