२०८३ साउन ११ सोमबार

निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकको विवरण

ई आर्थिक    बिहिबार, कार्तिक १ २०८१
4.1K
Shares
निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकको विवरण

ई-आर्थिक, काठमाडौं । निर्वाचन आयोगले  गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरिएको छ । आयोगले  स्थानीय तह उपनिर्वाचन, २०८१  को मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि निर्वाचन आयोगको कार्तिक १  गतेको निर्णयबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरिएको सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए  ।

मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३  को दफा २५ को खण्ड ख बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।

नागरिकता ऐन, २०६३ संशोधनसहित  को दफा  ७ क को उपदफा २ को  खण्ड  ख मा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था भएको हुँदा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नु पूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जिल्ला निर्वाचन कार्यालयमा कार्तिक ५ गते भित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई प्रवक्ता सापकोटाले बताए ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्ने मतदाताको नाम मतदाता नामावलीबाट हटाइ मतदाता नामावली अद्यावधिक  गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij