२०८३ साउन ९ शनिबार

नयाँ शाखा लिएर धादिङबेशीमा पुग्यो गरिमा विकास बैंक

ई आर्थिक    आइतबार, पौस ६ २०७६
8.9K
Shares
नयाँ शाखा लिएर धादिङबेशीमा पुग्यो गरिमा विकास बैंक

ई–आर्थिक, काठमाण्डौ । गरिमा विकास बैंकले धादिङबेशीमा आईतबारबाट नयाँ शाखा सन्चालनमा ल्याएको छ । सो शाखाको निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले एक समारोहका बिच उद्घाटन गर्नुभयो ।

सो अबसरमा बोल्दै बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले सन्चालनमा आएको नयाँ शाखाले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा उद्यमीहरुलाई आवश्यक पुँजी उपलब्ध गराई त्यस क्षेत्रको ओधोगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा मयेर ढुङ्गाना, निलकण्ठ नगरपालिकाका वडा नं.–३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ्गउद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री, बैंकका सञ्चालक विमल पाण्डे, नायब महाप्रबन्धक माधव प्रसाद उपाध्यायलगायतले मन्तव्य राख्नुभएको थियो ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० सहित देशभर ९० शाखा सन्चालनमा ल्याएको छ । त्यस्तै बैंकका ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । यस बैंकले २०७६ पौष ५ गते सम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij