२०८३ साउन ९ शनिबार

ट्रम्पले भने जस्तै के एशियाबाट अमेरिका पुग्छ फोहोर ?

ई आर्थिक    शुक्रबार, कार्तिक २९ २०७६
5.6K
Shares
ट्रम्पले भने जस्तै के एशियाबाट अमेरिका पुग्छ फोहोर ?
२०७६ कार्तिक २९ गते, नयाँ दिल्ली । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले न्यूयोर्कको इकोनोमिक क्लबमा १२ नोभेम्बरमा जलवायु परिवर्तनमाथि मनतव्य राख्दै भारत, रुस र चीनलाई निशाना बनाए।

आफ्नो सम्बोधनमा उनले भने, ‘म पूर्णरुपमा पृथ्वीमा स्वच्छ हावा, साफ पानी चाहन्छु, मानिसहरु मसँग प्रश्न गर्छन् – तपाईले के गर्नुभयो? मलाई सानो समस्या छ। हामीसँग जमीनको सानो टुक्रामात्र छ। अथवा हाम्रो अमेरिकाको तुलनामा तपाईँ अन्य देशसाग गर्नुहोस, चीन, भारत र रुससँग गर्नुभयो भने त केही देश जस्तै यी देशले पनि केही गरेका छैनन्।’

ट्रम्पले अगाडि भने, ‘यी मानिसहरु आफ्नो हावालाई सफा राख्न केही पनि गर्दैनन्, यिनीहरुले पूरा पृथ्वीलाई सफा राख्न केही पनि गरेका छैनन्। यिनीहर आफ्नो फोहोर समुद्रमा फाल्छन्, र त्यो फोहोर बगेर लज एन्जलससम्म पुगिरहेको छ। के यो आश्चार्यजनक छैन? तपाईँ देखिरहनु भएको छ, तर यो विषयमा कोही पनि कुरा गर्न चाहँदैनन्।’

यस्तोमा प्रश्न उठ्छ ट्रम्प कुन फोहोरको कुरा गरिरहेका छन्, के वास्तावमै भारत, चीन र रुसबाट फोहोर त्यहाँ जान्छ? खासमा ट्रम्ले जुन फोहोरको कुरा गरिरहेका छन्, त्यसलाई संसारले ग्रेट प्यासिफिक गारबेज प्याचका नामले चिन्छ ।, यो फोहोर अमेरिकाको क्यालिफोर्नियादेखि हजाई टापुसम्म फैलिएको छ।

कहाँबाट आउँछ फोहोर

नेचर पत्रिकाको एक रिपोर्टअनुसार फोहोरले भरिएको यो क्षेत्र ६ लाख वर्ग मीलमा फैलिएको छ। जसको क्षेत्रफल अमेरिकाको टेक्ससभन्दा दुईगुणा ठूलो छ। संसारलाई यो विषयमा पहिलो पटक १९९० मा थाहा भएको थियो। ओशन क्लीनअप फाउण्डेशनका अनुसार यहाँ पूरा प्यासिफिक रिमबाट प्लास्टिकको फोहोर पुग्छ। अथवा प्रशान्त महासागरको छेउछाउमा रहेका एशिया, उत्तरी अमेरिका र ल्याटिन अमेरिकी देशबाट त्यहाँ फोहोर जम्मा भइरहेको छ।

त्यसो त यो थाहा पाउनु रोचक हुन्छ, यो क्षेत्र पूरा ठोस प्लास्टिकले भरिएको छैन। बरु यहाँ १.८ खर्ब प्लास्टिकका टुक्रा छन्, जसको तौल करिब ८८ हजार टन मानिएको छ। यो फोहोरलाई सफा गर्न हालसम्म कुनै पनि देश अगाडि आएका छैनन्। तर ओशन क्लीनअप फाउण्डेशनका केही मसूहहरु केही काम गर्ने प्रयास भइरहेको छ।

कसले फैलाइरहेको छ धेरै फोहोर

प्यासिफिक रिमका चारैतर्फ रहेका देशहरुबाट उत्पादन भएको फोहोर यो क्षेत्रमा जम्म हुन्छ। यसमा प्लास्टिकका बेकार वस्तु पनि हुन्छन्, जो यसै फालिएको हुन्छ। नदीहरुबाट बग्दै यो फोहोर समुद्रमा पुग्छ। अथवा ग्रेट प्यासिफिक गारबेज प्याचमा तपाईँले फरक फरक देशबाट बगेर आएका प्लास्टिकका वस्तु फेला पार्न सक्नु हुन्छ। जसमा केही अमेरिकाकै लस एन्जल्सकै पनि हुन सक्छन्।

यूएस टूडेको एक रिपोर्टअनुसार यहाँ सबैभन्दा धेरै फोहोर चीन र अन्य देशबाट पुग्छ। यस्तोमा एशियाको दोस्रो नम्बरमा रहेको भारतबाट पनि निकै फोहोर पुग्छ। २०१५ मा साइन्स एडभान्सेज पत्रिकामा प्रकाशित एक अध्ययनअनुसार सबैभन्दा धेरै प्लास्टिकको फोहोर एशियाबाट निस्कन्छ। यसमा चीन, इन्डोनेशिया, फिलिपिन्स, भियतनाम, श्रीलंका र थाइल्याण्ड सबैभन्दा धेरै फोहोर फैलाउने शीर्ष देश हुन्। (बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij