एजेन्सी, इन्डोनेसिया : इन्डोनेसियाको मलुकु आइल्याण्डमा भूकम्प जाँदा २० जनाको मृत्यु हुनुका साथै थुप्रै भवन भत्किएका छन् ।
राष्ट्रिय क्षति विभागका प्रवक्ता अगस विबोवोका अनुसार कम्तिमा एक सय घाइते भएका छन् । साथै २ हजार भन्दा धेरैको उद्धार गरिएको छ ।
स्थानीय समय अनुसार बिहीबार बिहान पौने ९ बजे ६ दशमलब ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भू्कम्पको क्रममा मानिसहरु भागदौड गर्दा घाइते भएका हुन् । घटनाको पूर्ण विवरण आइसकेको छैन ।
नेपालमा पनि भुकम्पको धक्का महशुस
भूकम्प गोरखा र आसपासमा महसुस भएको थियो। ०७२ सालको भूकम्पको केन्द्रविन्दु पनि गोरखानै रहेको थियो।