२०८३ साउन ९ शनिबार

बाणिज्य बैंकहरू लक्षित आरटिजीएस प्रणाली सुरू

ई आर्थिक    सोमबार, भाद्र ३० २०७६
6.1K
Shares
बाणिज्य बैंकहरू लक्षित आरटिजीएस प्रणाली सुरू

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीको औपचारिक सुरुवात गरेको छ।

राष्ट्र बैंकले प्रधान कार्यालय बालुवाटारमा एक कार्यक्रमका बीच उक्त प्रणालीको औपचारिक सुरुवात गरेको हो।

राष्ट्र बैंकले पहिलो चरणमा ‘क’ वर्गका बैंकहरुका लागि मात्र लागू हुनेगरी यो प्रणालीको सुरुवात गरेको हो । यो प्रणालीले बैंकहरुले गर्ने ठुला कारोबारको सेलमेन्टका गर्दा ग्राहकले तत्कालै भुक्तानी लिन र दिन यो प्रणालीले सहयोग गर्ने छ।

यसबाट ब्यबसायी तथा कारोबारीले २ लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी चेक नकाटी भुक्तानी लिन र दिन सक्नेछन् । तर २ लाख भन्दा कम रकमका लागि भने एकाउन्ट पेयी चेक नै जारी गर्नुपर्ने हुन्छ ।

अहिलेको एकाउन्ट पेयी चेकको रकम खातामा जम्मा हुन समय लाग्ने र झन्झटिलो प्रक्रियालाई यो प्रणालीले हटाउने छ। यो प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी) मार्फत कारोबार सञ्चालन गर्नुपर्ने हुन्छ।

यसबाट कारोबार गर्नका लागि बैंक तथा बित्तीय संस्थाले भुक्तानी लिन दिन गरेको लिखित आदेश दिएको औसत १० मिनेट भित्र कारोबार सम्पन्न हुने राष्ट्र बैंकले बताएको छ।

आरटिजिएस प्रणाली भदौ २५ गतेदेखि कार्यान्वयनमा आएपनि औपचारिक घोषणा आइतबार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij