२०८३ साउन ९ शनिबार

प्रभु बैंकको शाखा डोल्पाको शे फोकसुण्डो र तनहुँको डुम्रेमा

ई आर्थिक    बिहिबार, साउन २३ २०७६
10.8K
Shares
प्रभु बैंकको शाखा डोल्पाको शे फोकसुण्डो र तनहुँको डुम्रेमा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले दुई शाखा विस्तार गरेको छ । बैंकले डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालय र तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३औं शाखा कार्यालयको रुपमा डुम्रे शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकको शे–फोकसुण्डो शाखाको उद्घाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङ्गबाट एक समारोहका विच भएको थियो ।

त्यसैगरी डुम्रे शाखा कार्यालयको उद्घाट्न बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले एक समारोहका विच गरेका थिए ।

बैंकको शे–फोकसुण्डो शाखा कार्यालयको समुद्घाट्न गर्दै समारोहका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष गुरुङ्गले शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रुपमा नेपालकै अति विकट गाउँपालिकाको रुपमा रहेको छ । यातायात, सञ्चार तथा विद्यूत आपुर्ति समेतको अभाव रहेको यस गाउँमा प्रभु बैंकको स्वयंको अग्रसरतामा सौर्य उर्जाबाट विद्यूत निकाली भि–स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्रियता देखाई प्रभु बैंकले प्रशंसनीय कार्य गरेको बताए । समुद्री सतह देखि करिब ४,२०० मिटरको उचाईमा रहेको साल्दाङ्गस्थित शे–फोकसुण्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणहरुलाई प्रभु बैंकको अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ्ग सुविधा उपभोग गर्न पाउने अवसर प्राप्त भएको छ ।

त्यसैगरी बैंकको डुम्रे शाखा कार्यालयको उद्घाट्न गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि थापाले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशि प्रकट गरे । साथै उक्त डुम्रे शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउनुहुँदै बैंकिङ्ग पहुँचभन्दा बाहिर रहनुभएका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत अध्यक्ष थापाले आग्रह गरे ।

शे–फोकसुण्डो तथा डुम्रे शाखा कार्यालयबाट प्रवाह हुने प्रभु बैंकको बैंकिङ्ग सेवाबाट दुवै क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । साथै शे–फोसुण्डो शाखा सञ्चालन पश्चात् नेपाल राष्ट्र बैंकद्धारा प्रभु बैंकलाई तोकिदिएको स्थानीय निकायमा खोल्नु पर्ने सबै शाखा खोलीसकेको जानकारी बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij