२०८३ साउन ९ शनिबार

सनराइज बैंकका सीईओ शर्माले काम थाले

ई आर्थिक    शुक्रबार, साउन १० २०७६
5.8K
Shares
सनराइज बैंकका सीईओ शर्माले काम थाले

ई–आर्थिक, काठमाडौं । सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौड्यालले औपचारिक रूपमा काम थालेका छन् ।

सनराइज बैंकको सञ्चालक समितिको असार २७ गते बसेको ३२० औ बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको थियो ।

उनले तत्कालीन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैंक लिमिटेड) मा ईस्वी सम्बत् १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव लिएका थिए । त्यसैगरी एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एसिया) मा ५ वर्ष र लक्ष्मी बैंकमा करिब २ वर्षको कार्य गरेका उनी तत्पश्चात अध्ययनका लागि बेलायत गए ।

बेलायतस्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कामसमेत गरेका उनी फर्के लगत्तै ग्लोबल आईएमई बैंकको विभिन्न उच्चपदमा कार्यरित रही ११ वर्ष काम गरी प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

उनीसँग ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको सञ्चालक तथा अध्यक्ष भएको अनुभवसमेत छ । उनले बैंकिङ क्षेत्रमा ३२ वर्षभन्दा लामो समय काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij