२०८३ साउन ९ शनिबार

सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोगहरु विरुद्धको रक्षावरण योजना

ई आर्थिक    आइतबार, असार २९ २०७६
8.6K
Shares
सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोगहरु विरुद्धको रक्षावरण योजना

ई–आर्थिक, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले क्यान्सर, हृदयघात, मृगौला फेल सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न ‘सूर्या लाइफ केयर’ पुरक करार सार्वजनिक गरेको छ ।

यो ऐच्छिक सुविधाबाट वीमितले क्यान्सर, हृदयघात, स्ट्रोक, कोर्नरी आर्टरी बाइपास सर्जरी, हर्ट–भल्भ सर्जरी, मृगौला फेल लगायत १८ घातक रोगहरु मध्ये कुनै एक रोगबाट पिडित भएको प्रमाणित भएमा पुरक करारको शर्तहरुको अधिनमा रहि मुल बीमाङ्कको आधारमा एकमुष्ठ रू. ५० लाखसम्म भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।

भविष्यमा आइपर्ने सम्भावित घातक रोगहरुबाट हुने आर्थिक भारबाट सुरक्षित हुने उत्तम उपाय नै सूर्या लाइफ केयर एैच्छिक सुविधा रहेको छ । ग्राहकले बीमालेख खरिद गर्ने समयमा वा बीमितले बीमा बार्षिकोत्सबमा मुल बीमाङ्क बराबरको यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

के के छन् यसका विषेशताहरु :
–न्युनतम बीमाशुल्कमा १८ घातक रोगहरुको रक्षावरण
–बीमित जीवित छँदै दाबी गर्न सकिने
–रक्षावरण गरिएको रोगहरु मध्ये कुनै एकको पहिचान भएमा , दाबी रकम पाउने
–रु. ५० लाख सम्मको एकमुष्ठ रकम भुक्तानी गरिने
–१६ वर्ष देखि ६० वर्ष सम्मको बीमितले लिन सकिने
–३५ वर्ष सम्मको बीमा अवधि वा ६५ वर्षसम्म घातक रोगहरुको जोखिम वहन हुने

‘सूर्या लाइफ केयर’ सम्बन्धी पुरक करार बीमितहरुको सहजता लाई मध्येनजर गरी कम्पनीबाट जारी भएका सबै बीमालेखहरुमा यो सुविधा उपलब्ध गराइएको छ । यो पुरक करार प्रचलनमा ल्याउनु अगावै बीमालेख लिइसकेका बीमितहरुलाई समेत ध्यानमा राखेर बीमा वार्षिकोत्सबमा चालु बीमालेखमा यो सुविधा लिन सकिनेछ कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij