२०८३ साउन ९ शनिबार

एलिसा मेडिकल सेन्टरमा पुनः सिलबन्दी

ई आर्थिक    सोमबार, फाल्गुन २३ २०७३
8.4K
Shares
एलिसा मेडिकल सेन्टरमा पुनः सिलबन्दी

२३ फागुन, काठमाडौँ । सिनामङ्गलमा रहेको एलिसा मेडिकल सेन्टर प्रालिलाई दिएको निर्देशन पालन नगरेको भन्दै आईतवार पुनः सिलबन्दी गरेको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत माघ २४ गते नै जिल्ला प्रशासन कार्यालयबाट दर्ता नभई सञ्चालन गरेको भनी सिलबन्दी गरी जिल्ला प्रशासन कार्यलयमा दर्ता गर्न निर्देशन दिएको थियो ।

विभागको निर्देशन पालना नगरेको भन्दै अनुगमन संयोजक पवन प्याकुरेल र रमेशकाजी श्रेष्ठको संयुक्त टोलीले निर्धारित समयमा पनि निर्देशन पालना नमानेको भन्दै फेरि सिलबन्दी गरेको हो । निर्देशन पालना नगरेसम्म एलिसा मेडिकल सेन्टर सञ्चालन गरे थप कारबाहीको प्रक्रिया अघि बढाइने विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

विभागले आज नै गरेको अनुगमनका क्रममा काठमाडौँ उपत्यकाको विभिन्न स्थानको खाद्य पसलबाट म्याद नागेका अखाद्य सामग्री नष्ट गरेको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । म्याद नाघेको सामग्री राख्ने पसलमा ललितपुर एकान्तकुनामा रहेको पाथीभरा सप्लायर्स, ललितपुर कुसुन्तीमा रहेको बयानबहादुर तामाङ खाद्य स्टोर र न्यू गोकुल स्टोर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij