२०८३ साउन ९ शनिबार

रेनोको नयाँ अफर : बजेट अघि बेनिफिट

ई आर्थिक    शुक्रबार, जेष्ठ १० २०७६
9K
Shares
रेनोको नयाँ अफर : बजेट अघि बेनिफिट

ई–आर्थिक, काठमाडौं : रेनो गाडीको एक मात्र आधिकारक बितरक एडभान्स अटोमोबाईल प्रालिले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफर मार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडिनै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभहरु उठाउन सक्नेछन् ।

यस अफर अन्तर्गत ग्राहकहरुले ५ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसबाहेक ग्राहकहरुले रेनो गाडी बुकिङ वा खरिद गर्दा निशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टीबाट लाभान्वीत हुन सक्नेछन् ।

यो अफर रेनो ब्राण्ड गाडीहरु केडब्लुआईडी, डस्टर र क्यापचरमा सिमित अवधिका लागि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । रेनोको नयाँ अफरको लाभ उठाउन पनि कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij