ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकको न्युरोड शाखाले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको पीपलबोट, भूगोल पार्क, काठमाडौँमा आयोजना गरेको उक्त कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए ।
सो रक्तदान कार्यक्रम बिहानको करिब १० बजेदेखि ३ बजेसम्म सञ्चालन गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले उक्त रक्तदानको कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले रक्तदानमा सहभागीहरूलाई कृतज्ञता व्यक्त गरेको बैंकले जानकारी दिएको छ ।