२०८३ साउन ९ शनिबार

पोखरामा भेटियो बर्डफ्लु: खाल्टेमसिना निषेधीत क्षेत्र घोषणा, विभिन्न नाकामा कडाइ

ई आर्थिक    आइतबार, फाल्गुन १५ २०७३
7.7K
Shares
पोखरामा भेटियो बर्डफ्लु: खाल्टेमसिना निषेधीत क्षेत्र घोषणा, विभिन्न नाकामा कडाइ

१५ फागुन, काठमाडौं । कास्कीको पोखरामा बर्डफ्लुको संक्रमण भेटिएको छ । पोखरा १८ खाल्टेमसिना मसिना स्थित मीना परियारको घरमा पालेको हाँसमा वर्ड फ्लू भेटिएको जिल्ला पशु सेवा कार्यालय कास्कीले सार्वजनिक गरेको हो ।

परियारको घरमा पालिएको २० हास मध्ये गत फागुन ६ गते एउटा हास मरेपछि परिक्षणका लागि पठाइएकोमा वर्ड फ्लूको जिवाणु देखिएको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ । वर्ड फ्लूका कारण कुखुरा र हास भटाभट मर्न थालेपछी त्यस क्षेत्रलाई हिजै संक्रमणकाल घोषणा गरिसकिएको छ र सो क्षेत्रमा ४२ दिनसम्म निगरानी गरी कुनैपनि किसिमका पन्छी भित्रन नदिने पशुसेवा कार्यलयले जनाएको छ ।

यसरी बर्डफ्लुको संक्रमण देखिएपछि विभिन्न नाकामा कडाइ गरिएको छ । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्ला भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

विभिन्न नाकामा कर्मचारी नै खटाएर प्रहरीसंग समन्वय गरी पन्छी तथा पन्छीजन्य अन्डा मासु लगायतमा रोक लगाइएको पशुसेवा कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा गरिएको पछिल्लो परिक्षणका क्रममा २ सय ५६ वटा कुखुरा , केही क्रिेट अन्डा र ९० बोरा दाना नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij