२०८३ साउन ९ शनिबार

पश्चिम सुर्खेतमा विद्युत् उत्पादन

ई आर्थिक    बिहिबार, माघ २४ २०७५
2.9K
Shares
पश्चिम सुर्खेतमा विद्युत् उत्पादन

सुर्खेत, २४ माघ : वर्षौंदेखि टुकीको सहारामा बस्दै आएका पश्चिम सुर्खेतस्थित गुटुवासीले अब सौर्य विद्युत् प्रयोग गर्न पाउने भएका छन् ।

केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेको यहाँका ३०० घरधुरीलाई आगामी चैतदेखि विद्युत् सेवा उपलब्ध गराउन लागिएको हो । चौकुने गाउँपालिका–८ मा स्थापना हुन लागेको सोलार प्लान्टले १०० किलोवाटको विद्युत् उत्पादन गर्दैछ ।

गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले नेपालमा सोलारबाट १०० किलोवाटको बिजुली उत्पादन गर्न लागिएको यो पहिलो परियोजना भएको बताउनुभयो । उहाँका अनुसार आयोजनाबाट चौकुनेका विशालबजार, बत्तीसपुतली, चाल्नेमुल, मिलनचौर र किथौरेका बासिन्दा लाभान्वित हुनेछन् ।

तीन वर्ष अघि नै गुटु सोलार मिनिग्रेड उपभोक्ता समितिबाट काम शुरु गरिएको थियो । समितिका उपाध्यक्ष खगेन्द्र चलाउनेले चैत पहिलो हप्तासम्म प्रत्येक घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो । “विद्युत गृह निर्माण गरेर १९२ ब्याट्री जडान गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “पोल गाड्ने काम अन्तिम चरणमा पुगेको छ, एक महीनामा तार पनि जडान गरिसक्छौँ ।”

रु चार करोड ८४ लाख लागतमा सम्पन्न हुन लागेको आयोजना वल्र्डवाइड कन्स्ट्रक्सन कम्पनीमार्फत पिक पावर प्रालिले निर्माण गरिरहेको छ । आयोजनाको कूल लागतको ९० प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र १० प्रतिशत उपभोक्ताको लगानी रहनेछ । गाउँपालिकाले रु १८ लाख उपलब्ध गराएको छ भने बाँकी रकम प्रतिपरिवार रु १० हजारका दरले सङ्कलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij