२०८३ साउन ९ शनिबार

आँधिखोला लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

ई आर्थिक    मंगलबार, पौस ३ २०७५
3K
Shares
आँधिखोला लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले प्रति शेयर रु.१००/- अंकित दरको ४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । सो सेयर निष्काशन तथा विक्री प्रबन्धमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा आँधिखोला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गर्नुभयो । आँधिखोला लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी रु. १५ करोड, जारी पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.६ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० करोड हुनेछ ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ भाद्र १० गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको १० जिल्ले यस वित्तीय संस्थाले २०७३ फागुन १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।

भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा शाखा कार्यालय मार्फत् १२,२४६ विपन्न वर्गका महिला तथा पुरुष समूहहरुलाई करिव रु.४९ करोड २२ लाख कर्जा प्रवाह गरेको छ । त्यसैगरी बचत संकलन रु.१४ करोड ४५ लाख गरी करिव रु.८० लाख मुनाफा गर्न सफल रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij