२०८३ साउन ९ शनिबार

आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्नेः मन्त्री पुन

ई आर्थिक    आइतबार, पौस १ २०७५
3.7K
Shares
आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्नेः मन्त्री पुन

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रसँग गरिएको कार्यसम्पादन सम्झौता समारोहमा उहाँले पछिल्लो दिनमा प्राधिकरणको साख बढ्दै गएकाले अझै विश्वास बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पुनले प्राधिकरणलाई आर्थिक, सेवा प्रवाह, उत्पादन र सञ्चालनको हिसाबले अब्बल र प्रतिस्पर्धा गर्न लायक संस्था बनाउनुपर्ने बताउँदै आफूले ऊर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसँगै मन्त्रालयले प्रसारण लाइनको गुरुयोजना सार्वजनिक गरेको जानकारी दिनुभयो ।

आगामी दिनमा प्रसारण लाइन व्यक्तिको प्रभावका आधारमा भन्दा पनि प्राथमिकताका आधारमा निर्माण हुने उल्लेख गर्दै उहाँले विद्युत् प्राधिकरणका सबै कार्यालयमा सेवाग्राही मैत्री वातावरण बनाउन निर्देशन दिनुभयो ।

मन्त्री पुनले आगामी पाँच वर्षभित्र देशभर चाहिएजति बिजुली दिन सरकार सक्षम रहने भन्दै आगामी तीन वर्षभित्र देशका सबै भू–भागमा विद्युत् सेवा पु¥याउने सरकारको लक्ष्यलाई ध्यान दिनसमेत सम्बन्धीत सबैमा आग्रह गर्नुभयो ।

विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणलाई सङ्घीय संरचनामा लान कार्यदल बनाइसकेको जानकारी दिदैं उहाँले कसैको मुख हेरेर काम गर्नेभन्दा पनि कार्य सम्पादन हेर्ने र परिणामलाई आधार बनाएर मूल्याङ्कन गर्ने अवस्था आउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पुनले सरुवा र बढुवाका लागि मन्त्री र कार्यकारी निर्देशकको ढोका ढक्ढक्याउनुपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गर्दै उहाँले सरकारको कार्यसूची आर्थिक विकास र समृद्धि रहेको हुँदा मन्त्रालयले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभयो ।

“त्यसका लागि प्रसारण र वितरणमा सुधार ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “ट्रान्सफर्मर नपाएको, मिटर समयमा नपाइएकोलगायतका गुनासा बढी आउने गरेको हुँदा सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्छ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव डा सञ्जय शर्माले विद्युत् चुहावट नियन्त्रण भए प्राधिकरण आर्थिकरुपमा सबल हुने बताउँदै वितरण प्रणालीलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij