२०८३ साउन १० आइतबार

डिजिटल अभ्यासमा स्थानीय तह, सबै तहमा मोबाइल एप

ई आर्थिक    शनिबार, मंसिर १५ २०७५
7.8K
Shares
डिजिटल अभ्यासमा स्थानीय तह, सबै तहमा मोबाइल एप

‘डिजिटल नेपाल’ नारामा मात्रै सीमित छैन । धिमा गतिमै भए पनि संघीयदेखि स्थानीय सरकारसम्म डिजिटल प्रविधिको अभ्यासमा जुटेका छन् । मोबाइल एपबाट आफ्नो तहको सूचना तथा गतिविधि आमनागरिकसम्म पु-याउन स्थानीय सरकार सक्रिय छन् । गोपाल साउदको रिपोर्ट :

यसै वर्षभित्र सबै तहमा मोबाइल एप
गोपाल साउद, काठमाडाैं : सूचना प्रविधि विभागले स्थानीय तहलाई डिजिटल प्रणालीमा लैजान सहयोग गरिरहेको छ । सबै स्थानीय तहका लागि प्रयोग हुने गरी एउटै मापदण्डमा मोबाइल एप तयार पारिएको छ । १८ साउनमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेपछि सो मोबाइल एप प्रयोगमा ल्याउने स्थानीय तहको संख्या सय पुगेको छ ।

स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमले सबै स्थानीय तहको वेबसाइट बनाउने गरी सूचना तथा सञ्चार प्रविधि (आइसिटी) कर्मचारी खटाएको छ । वेबसाइटमा राखिने तथ्यांक नै रहने गरी मोबाइल एपको विकास गरिएको विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले बताए ।

सबै स्थानीय तहका वेबसाइटको सर्भर राष्ट्रिय सूचना प्रविधि केन्द्रको डाटा सेन्टरमा राख्ने व्यवस्था मिलाइएको छ । इन्टरनेट नपुगेका तहले पनि इन्टरनेट भएको ठाउँमा सूचना पठाएर वेबसाइट तथा मोबाइल एप अपडेट गर्न सक्छन् ।

मोबाइल एप नबनाएका स्थानीय तहले विभागमा पत्राचार गरी निःशुल्क बनाउन सक्छन् । चालु आर्थिक वर्षभित्र ७ सय ५७ स्थानीय तहकै एप विकास गर्ने लक्ष्य सूचना प्रविधि विभागको छ ।

यी १०० स्थानीय तह जसले सुरु गरे मोबाइल एप

पाँचथर : फिदिम नपा र याङवरक गापा ।
इलाम : सूर्योदय नपा, सन्दकपुर र माइजोगमाई गापा ।
धनकुटा : धनकुटा नपा ।
भोजपुर : टेम्केमैयुङ गापा ।
उदयपुर : उदयपुरगढी गापा ।
खोटाङ : हलेसी तुवाचुङ नपा, बराहपोखरी र खोटेहाङ गापा ।
ओखलढुंगा : मोलुङ र लिखु गापा ।
सोलुखुम्बु : सोलु–दूधकुण्ड नपा, थुलुङ दूधकौशिका गापा ।
धनुषा : जनकपुर उपमहानपा ।
रौतहट : गौर नपा ।
बारा : जितपुर–सिमरा र कलैया उपमहानपा ।
पर्सा : वीरगन्ज महानपा ।
धादिङ : गंगाजमुना र सिद्धलेक गापा ।
दोलखा : तामाकोसी, बिगु, बैतेश्वर र सैलुङ गापा ।
काभ्रे : धुलिखेल र बनेपा नपा, रोशी गाँउपालिका
मकवानपुर : थाहा नपा, हेटौंडा उपमहानपा, बकैया गाँउपालिका ।
नुवाकोट : तारकेश्वर र तादी गापा ।
रसुवा : उत्तरगया, कालिका र गोसाईकुण्ड गापा
सिन्घुली : दुधौली नपा
सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नपा
गोरखा : गोरखा नपा
लमजुङ : बेसीशहर, मध्यनेपाल र सुन्दरबजार नपा, क्व्होला सोथार र मस्र्याङ्दी गापा
तनहुँ : भानु, भिमाद र व्यास नपा, देवघाट र म्याग्दे गापा ।
याङ्जा : गल्याङ र भीरकोट नपा, बिरुवा र हरिनास गापा ।
कास्की : अन्नपूर्ण र माछापुच्छ्रे« गापा ।
मुस्ताङ : वारागुङ मुक्तिक्षेत्र गापा ।
पर्वत : कुश्मा नपा, महाशिला गापा ।
बागलुङ : जैमिनी नपा, वरेङ र काठेखोला गापा ।
नवलपरासी : मध्यविन्दु र सुनवल नपा, हुप्सेकोट र सरावल गापा ।
प्युठान : सरुमारानी, मल्लरानी, झिमरुक र ऐरावती गापा ।
रूपन्देही : कन्चन गापा ।
कपिलवस्तु : कपिलवस्तु नपा र यसोधरा गापा ।
बाँके : कोहलपुर नपा ।
बर्दिया : गुलरिया नपा ।
रुकुम : मुसिकोट नपा ।
सल्यान : बनगाड कुपिण्डे नपा, सल्यान छत्रेश्वरी र सिद्ध कुमाख (ढोरचौर) गापा ।
सुर्खेत : पञ्चपुरी र लेकबेशी नपा ।
दैलेख : नौमुले र भैरवी गापा ।
जाजरकोट : भेरी र छेडागाड नपा ।
जुम्ला : सिंजा र तिला गापा ।
कालिकोट : रास्कोट नपा ।
हुम्ला : सिमकोट गापा ।
अछाम : बान्नीगढी जयगढ, ढकारी र मेल्लेख गापा, साँफेबगर नपा ।
कञ्चनपुर : लालझाडी गापा, बेदकोट नपा ।
कैलाली : गोदावरी नपा ।
डडेल्धुरा : भागेश्वर गापा, अमरगढी नपा ।
दार्चुला : दुहुँ गापा ।
बाजुरा : पाण्डवगुफा गापा ।

के छ एपमा ?
१. सम्बन्धित स्थानीय तहको परिचय, जनसंख्या, स्थानीय जनप्रतिनिधि तथा समिति, वडा कार्यालय र कर्मचारीको सम्पर्कसहितको विवरण, स्थानीय तहभित्र रहेका विभिन्न संघसंस्था, कार्यालय, विद्यालयलगायतको जानकारी ।

२. स्थानीय तहले दिने सेवा, सेवा दिने कार्यालय, कार्यालय लाग्ने समय, सम्बन्धित अधिकारी, सेवा शुल्क र आवश्यक कागजातसहितको जानकारी ।

३. सम्बन्धित स्थानीय तहको बजेट तथा योजना कार्यक्रम र परियोजनाको विवरण, सार्वजनिक सूचना ।

४. सडक, पानी, बिजुली, स्वास्थ्य, शिक्षा लगायतका समस्या दर्ता गर्न सकिने तथा सुझाव र गुनासो गर्न सकिने सुविधा ।

५. स्थानीय तहभित्र रहेका अस्पताल, प्रशासनिक निकाय, शैक्षिक संस्था, पर्यटकीय क्षेत्र, धार्मिक स्थल, खेल मैदान, सामुदायिक वन तथा भवन, होटललगायतको नक्सासहितको विवरण ।

६. बालबालिका हराएको जानकारी, स्थास्थ्य उपचार, आगलागीलगायतका आपतकालिन समस्या पर्दा आवश्यक पर्ने व्यक्ति तथा प्रहरीको सम्पर्क नम्बरसहित विवरण ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij