२०८३ साउन ९ शनिबार

कपिलवस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै

ई आर्थिक    बिहिबार, असोज २५ २०७५
4.6K
Shares
कपिलवस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै
काठमाडाैं  । प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद शाह विशिष्ट अतिथिका रूपमा उपस्थित भए । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएको दाबीसहित प्रचार गरिएको थियो । उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ ।

कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद शाह विशिष्ट अतिथि थिए । कार्यक्रममा सहभागी भएको तस्बिर शाहले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

कपिलवस्तुवासीको विरोध

कपिलवस्तुवासीले सामाजिक संजालमा सांसद शाहको चर्को विरोध गरेका छन् । ‘नेपालकै सांसदले बुद्ध जन्मस्थल भारत हो भनेपछि अरू के नै बाँकी रह्यो र, अझ कपिलवस्तुकै सांसद,’ जनार्दन पाण्डेले संजालमा लेखेका छन् ।

बुद्धबारे गलत सन्देश प्रचार गर्न आयोजित कार्यक्रममा उपस्थित शाहले परराष्ट्र मन्त्रालय र संघीय संसद्बाट पनि अनुमति लिएका थिएनन् । ‘नेपालका सांसद हुन्, उनले देशको प्रतिनिधित्व गर्छन्, सिमानामा देश जोडिएको छ भन्दैमा चिनी किन्न गएझैँ कार्यक्रममा जान कूटनीतिक मर्यादासम्म नजान्ने केको सांसद ?’ स्थानीय युवा शिव बन्जाडेले भने ।

मुख्यमन्त्रीले निम्तो गर्नुभयो, गएँ: सांसद शाह

कसले के प्रचार गरेको छ, मलाई थाहा छैन । म सिद्धार्थनगर जिल्लाको तुलसीपुर क्षेत्रमा रहेको स्कुलमा मूर्ति अनावरण कार्यक्रममा सहभागी भएको हो । मलाई मुख्यमन्त्रीले निम्तो गर्नुभयो, म गएँ। अरू कुरा मलाई थाहा छैन ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij