२०८३ साउन ९ शनिबार

गणपति माइक्रोफाइनान्सको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

ई आर्थिक    बिहिबार, भाद्र २१ २०७५
4.6K
Shares
गणपति माइक्रोफाइनान्सको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि. ले प्रति शेयर रु. १००/– अंकित दरको ३,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । त्यसको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नुभयो । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकृत पूँजी रु. २० करोड, जारी पूँजी रु. १० करोड र चुक्ता पूँजी रु. ७ करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु. १० करोड हुनेछ ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ आषाढ १३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रियस्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।

दुलेगौढा, तनहुँमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् १०,४२८ विपन्न वर्गका समूहहरुलाई रु. ५६ करोड कर्जा प्रवाह गरेको छ । त्यसैगरी बचत संकलन रु.१३ करोड २६ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij