२०८३ साउन ९ शनिबार

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ

ई आर्थिक    शुक्रबार, भाद्र ८ २०७५
4.4K
Shares
साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ नियुुक्त हुुनुु भएको छ । विकास बैंकको मिति २०७५/०५/०८ गते बसेको संचालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरिएको बैंकले जानकारी दिएको छ । संखुुवासभा जिल्लाको चैनपुुरमा ४६ बर्ष अघि जन्मनुु भएका श्रेष्ठ यस अघि तत्कालीन एस डेभलपमेन्ट बैंक लि.को प्रमुुख कार्यकारी अधिकृत हुुनुुहुुन्थ्यो ।

श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयां दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उर्तिण गर्नुु भएको छ । सन् २००० मा हिमालयन बैंक लिमिटेडबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ्ग करियर शुुरु गर्नुु भएका श्रेष्ठले उक्त बैंकमा इन्टरनल अडिट डिपार्टमेन्ट हेडसम्मको सम्मको जिम्मेवारी सम्हाल्नुु भएको थियो ।

त्यस्तै सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा सहायक प्रबन्धक हुुदैं प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरिसक्नुु भएको छ र सो पश्चात सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा कार्य समेत गर्नुु भएका श्रेष्ठ सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूूर्वक बहन गरि सक्नुु भएको थियो ।

यसरी बिभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूूर्ण पदमा रही लामो बैंकिङ्ग अनुुभव हासिल गर्नुु भएका श्रेष्ठको कार्यकाल तथा नयां नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंक लिमिटेडलाई थप सफलता तथा उचाई प्रदान हुुने सञ्चालक समितिले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij