२०८३ साउन ९ शनिबार

तारा एअरको नयाँ ट्विन अटर बायुयान भित्रियो

ई आर्थिक    आइतबार, साउन ६ २०७५
8.5K
Shares
तारा एअरको नयाँ ट्विन अटर बायुयान भित्रियो

काठमाडौं । विकट नेपालको विकासलाई आफ्नो मूख्य उद्देश्य बनाएर सेवा दिइरहेको तारा एअर प्रालिले आफ्नो थप नयाँ ट्विनअटर वायुयान भित्र्याएको छ । सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको हो ।

चालकदलमा वरिष्ठ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवन सिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेका छन् ।
चालकदलका साथमा नेपाल नागरिक उडड्यन प्राधिकरणका तर्फबाट एअरवर्दिनेस् ईनिस्पेक्टर ईन्जिनियर विधान श्रेष्ठ रहेका थिए ।

सो नयाँ विमान भाईकिङ्ग ४०० श्रृंखलाको भएको तारा एअरले जानकारी दिएको छ । भाईकिङ्ग ४०० श्रृंखलाका यी ट्विन अटर वायुयानहरु सजिलै नेपालका चुनौतीपूर्ण विमानस्थलहरु जस्तै लुक्ला, डोल्पा तथा रारामा उडान भर्न सक्षम रहेको सो एअरले जानकारी दिएको छ ।

रितपुर्वक सबै जाचँहरुबाट सफलतापुर्वक गुज्रिएर, परिक्षण उडान समेत सफलतापुर्वक सम्पन्न गरेपछि सो विमानलाई नेपाल नागरिक उडड्यन प्राधिकरणद्वरा नाइनएन–एएलओ प्रदान भएको छ ।

सो नयाँ वायुयान थप भएबाट नेपालको सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षमा तारा एअरले समेत महत्वपुर्ण योगदान पु¥याउन सक्नेमा तारा एअर परिवार विस्वस्त रहेको छ । तारा एअर नेपालको हवाई उड्ययनको क्षेत्रमा एक अब्बल र अग्रणी बायुसेवा कम्पनीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij