२०८३ साउन ९ शनिबार

शम्भुप्रसाद चालिसे जेल चलान

ई आर्थिक    शुक्रबार, असार ८ २०७५
6.7K
Shares
शम्भुप्रसाद चालिसे जेल चलान

काठमाडौँ, ८ असार : नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरेपछि चालिसे जेल चलान भएका छन् ।

ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७४ चैत २० को फैसलाअनुसार एक वर्ष छ महिना कैद र रु १० लाख जरिवाना हुने ठहर भई फरार धादिङ घर भई हाल कामनपा–१४ कंलकी बस्ने चालिसेलाई बिहीबार पक्राउ गरी जेल चलान गरेको हो ।

तत्कालीन समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान अधिकृत रहेका चालिसेले विसं २०७१ साउन ११ मा सम्पत्ति शुद्धीकरणको मुद्दा मिलाइदिन्छु भनी रु १० लाख लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।

चालिसेलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij