२०८३ साउन ९ शनिबार

लामापद हत्याउन ठूलो आर्थिक चलखेल, दुई श्रीमानलाई फसाउने मुद्धा सर्वोच्चमा विचाराधिन

ई आर्थिक    सोमबार, जेष्ठ २८ २०७५
8.5K
Shares
लामापद हत्याउन ठूलो आर्थिक चलखेल, दुई श्रीमानलाई फसाउने मुद्धा सर्वोच्चमा विचाराधिन

काठमाडौं ।  पवित्र तीर्थस्थल बौद्धस्तूपामा चिनियाँ लामा पद नियुक्ति विषय लिएर करोडौं आर्थिक चलखेल भएको खुलासा भएको छ । काठमाडौंको पूर्वी भागमा अवस्थित विश्वकै प्रसिद्ध पवित्र बौद्ध प्राचीन चैत्य स्तूपा तथा तीर्थस्थल बौद्धधर्म वलम्वीहरुको आस्थाको केन्द्र हो । यो स्तूप विश्वकै सबै भन्दा पुरानो ठूला गोलाकार भएको प्राचीन चैत्य स्तूपा पनि छ । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्रमा समेत सूचीकृत हँुदै आएको छ ।

विशेषगरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदायसंग सम्बन्धीत भएकाले युगौं देखि चिनियाँ लामाहरुबाट नै यस क्षेत्रको शासन हुदै आएको पाइन्छ । सन् १९८२ मा चिनियाँ लामा बुद्ध बज्रको निधन पछि भने चिनियाँ लामा नियुक्तिको विषय लिएर हाल सम्म झण्डै चार दशक देखि विवादित बन्दै आएको छ ।
बौद्धधर्म वलम्वीहरुको आस्थाको केन्द्र तथा पवित्र धर्मिक स्थल अहिले करोडौंको भ्रष्टचार र लुछाचँुडि जस्ता फोहोरी खेलमा चुर्लुम्म डुबेको हो । चिनियाँ लामा बुद्ध बज्रको निधन पछि हाल सम्म चिनियाँ लामाहरुको अन्तरिक कलहले गर्दा विभिन्न समस्याहरु देखा पर्न थालेको हो ।

चिनियाँ लामाको सन्ततिहरु नेपाल भित्रिए देखि नै धेरै भन्दा धेरै बहु विवाह गर्ने र धेरै सन्तान जन्माउने प्रक्रियाले हाल त्यसको प्रत्यक्ष असर बौद्ध प्राचीन चैत्य स्तूपामा पर्न गएको पाईएको छ र त्यसैको निरन्तरताको रुपमा चिनियाँ लामा नियुक्तिको विषय लिएर विश्व जगतमा प्रसिद्ध अवतारी धर्म गुरु राजु लामा ९विभुति बज्र० र ज्योती बज्र लामाको सर्वोच्चमा हाल मुद्धा चलिरहेको छ ।

धर्म गुरु अवतारी राजु लामा (विभुति बज्र) र ज्योती बज्र लामा साक्य काका भतिजा हुन् र यो लडाँई काका भतिजाको लामा पदको लागि मात्र नभएर भक्तजनहरुबाट दैनिक संकलन हुने करोडौं दक्षिणा र चन्दाको लागि भएको यस संग संग्लन लामाहरुले बताउँदै आएका छन् । यो मुद्धा चल्नु भनेको पनि पुरानै निरन्तरता हो भन्ने ठहर गर्दै आएका छन् । तर यस बौद्ध चैत्य विकासमा ०७२ सालको भूकम्प पछि भने चिनियाँ लामा अवतारी गुरु राजु लामाले पुनः निर्माणको लागि ठूलो योगदान गरेको पाईएको छ । भूकम्प पछि ठूलो क्षति पुगेको उक्त स्तूपामा ज्योति बज्र लामाले कुनै पनि सहयोग नगरेको र थप विभिन्न सा्रेतबाट चन्दा संकलन गर्दै दुरुपयोग गरेको बौद्धका वासिन्दाहरु बताउँछन् । ज्योती बज्र लामा, बौद्ध ज्ञान र वस्त्रसमेत धारण गर्न नसक्ने क्रिस्चियन धर्म प्रति आकर्षित व्यक्तिलाई कसरि चिनियाँ लामा पदमा नियुक्ति गर्न सकिन्छ भन्दै विवाद बढेको पाइन्छ ।

ज्योती बज्रलाई टिबेटियनहरुलाई नक्कली नेपाली नागरिकता दिने, गुन्डागर्दी तथा अबैध धन्दा गर्दै आएको आरोप लाग्दै आएको छ भने विना अनुमति पाँच ओटा हत्तिया९राईफल० समेत घरमा राख्दै आएकाले शान्तिको यात्रामा हिडेको लामालाई हत्तियार किन चहियो भन्दै विभिन्न टिका टिप्पणी र आलोचना हुने गरेको पाईएको छ ।

यति खेर सर्वोच्चमा चिनियाँ लामाको पदको नियुक्तिको विषय लिएर मुद्धा चलिरहेको छ । ज्योति लामाले विभिन्न राजनितिक दलको आड लिएर सर्वोच्चलाई दबाब दिदै आएको खुलासा भएको छ भने सर्वोच्चको न्यायाधीशले दुई करोड लिएर पनि आफ्नो पक्षमा मुद्धा फैसला नगरेको गुनासो गर्दै आइएको छ । तर बीचको बिचौलियालाई पैसा दिएर न्यायालयलाई बदनाम गर्ने नियतले यस्तो आरोप लगाउँदै आएको पनि भनिएको छ । दुर्भाग्यवस विभिन्न राजनितिक दलको दबाबले सर्वोच्चको श्रीमान् श्राद्ध प्रसाद र प्रकाश राउतले ज्योती बज्र लामाको पक्षमा फैसला गर्ने हो भने ठूलै विवादस्पद हुने मात्र होइन सर्वोच्च आफैं फोहोरी खेलमा संलग्न भएको पुष्ठी हुने समेत प्रष्ट देखिन्छ ।

अवतारी धर्म गुरु राजु लामा (विभुती बज्र) विश्वमै प्रख्यात भएकाले र विगत तीन दशक देखि दर्शन अध्ययन तथा अनुसन्धान र अभ्यासबाट योग्य भएकाले अवतारी धर्म गुरु राजु लामा ९ विभुती बज्र० लाई चिनियाँ लामाको पदमा देख्न चाहेको बौद्ध स्थानीयहरुले बताउँदै आएका छन् । अवतारी धर्म गुरु राजु लामाले अहिले झण्डै ४० भन्दा धेरै देशहरुमा बौद्ध धर्म प्रचारप्रसार गर्दै आएका छन् भने आफ्नै गुम्बामा राखेर सयौं लामाहरुलाई ज्ञान तथा शिक्षा दिक्षा दिदै आएका छन् ।

त्यसैले आम बौद्धका स्थानीय बासिन्दाले अवतारी धर्म गुरु राजु लामा ९ विभुती बज्र० लाई चाहेको पाइएको हो । यसरी धर्म विकास तथा संबद्र्धन, प्रर्वधन गर्ने र देश तथा जनतालाई माया र सम्मान गर्ने गुरुलाई हटाउन हुँदैन भन्ने जोड गरिएको छ । दुर्भाग्यवस ज्योती बज्र लामालाई चिनियाँ लामा पद नियुक्ति गर्ने हो भने बौद्ध धर्मको इतिहाँसकै कालो दिन हुने दाबी गर्दै आइएको छ भने सर्वोच्च प्रति जनताको विश्वास र भरोसा गुम्नेसमेत बताउँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij