२०८३ साउन ९ शनिबार

विद्युत् प्राधिकरणका तीन कर्मचारी घुस लिँदै गरेको अवस्थामा पक्राउ

ई आर्थिक    बिहिबार, बैशाख २७ २०७५
5.6K
Shares
विद्युत् प्राधिकरणका तीन कर्मचारी घुस लिँदै गरेको अवस्थामा पक्राउ

नेपालगञ्ज, २६ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले यहाँस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ ।

आयोगको बाँके कोहलपुरस्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार, प्राधिकरणका इलेक्ट्रिकल इञ्जिनियर निसारअहमद खान, इलेक्टिकल सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबीलाई सेवाग्राहीबाट रु १५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनैजनाले सेवाग्राहीलाई मिटर जडान गरिदिने र नामसारी गरिदिने भनेर घुस माग गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij