२०८३ साउन ९ शनिबार

नेपाल इन्भेष्टमेन्ट बैंक ३२ बर्ष पुरा, आठ लाख उपभोक्ता, निजीक्षेत्रकै सर्वाधिक ठूलो बैंक

ई आर्थिक    सोमबार, फाल्गुन १४ २०७४
2.7K
Shares
नेपाल इन्भेष्टमेन्ट बैंक ३२ बर्ष पुरा, आठ लाख उपभोक्ता, निजीक्षेत्रकै सर्वाधिक ठूलो बैंक

फाल्गुन, १४, २०७४ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले स्थापनाकालको ३२औं वर्ष पूरा गरेको छ । यस अवधिमा आफ्ना ग्राहकहरुको निरन्तरको विश्वास तथा आत्मिय सहयोग प्राप्त गरी व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चस्तरमा राख्न सफल भएको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरणको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजार भन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आ.व. २०७३–७४ मा रू.५ अर्ब २४ करोडको सञ्चालन मुनाफा (सम्भावित नोक्सानी व्यवस्था अगाडिको) कमाएको थियो भने बैंकको खुद नाफा रू.३ अर्ब ११ करोड रहेकोे थियो । साथै सो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्तापूँजी रु १० अर्ब ६२ करोड भन्दा बढी भइ निजी बैंकहरू मध्ये सर्वाधिक चुक्ता पूँजी भएको बैक बनेको छ भने २०७३–७४ को अन्त्यमा बैंकको शेयरधनी कोष रु १८ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले रु १ सय ३० अर्ब निक्षेप संकलन गरी १ सय १४ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिसम्ममा बैंकले रु १ अर्ब ८३ करोड खुद नाफा गर्न सफल भएको छ । दोस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई १.१२ प्रतिशतमा सिमित रहेको छ । साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
बैंकले निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइ.सि.आर.ए. नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । साथै बैंक अफदिइयर पाँच पटकसम्म प्राप्त गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. नेपालको एकमात्र बैंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij