२०८३ साउन ९ शनिबार

वाम एकता संयोजन समितिको बैठक आज

ई आर्थिक    बुधबार, फाल्गुन २ २०७४
2.5K
Shares
वाम एकता संयोजन समितिको बैठक आज
बुधबार, ०२ फागुन २०७४, काठमाडौँ – वाम एकतालाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ । बुधबार अपराह्न तीन बजे संयोजन समितिको बैठक बस्न लागिएको हो।

मंगलबार ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले बुधबार संयोजन समितिको बैठक बस्ने सहमति गरेको थियाे।

गत असोज १७ गते वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंकाहरु व्यक्त भएका थिए। त्यसो त नेताहरुले वार्ता सहमति नजिक पुगेको बताउँदै आएका थिए। सोमबार र मंगलबारको छलफलपछि एकताले मूर्त रुप लिएको बताइएको छ।

आगामी महाधिवेशनसम्म एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अंगीकार गरेको माओवाद र जनताको बहुदलीय जनवादमा रहेका समान धारणालाई एकीकृत गर्ने विषयमा समेत नेताहरुबीच सहमति भएको जनाइएको छ।

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्। नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij