२०८३ साउन ९ शनिबार

तीन ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र

ई आर्थिक    बिहिबार, माघ २५ २०७४
5.4K
Shares
तीन ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र

विभागले उक्त ग्यास उद्योगमा दुई पटक नीरिक्षण गरी गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा सञ्चालित ५५ ग्यास उद्योगमध्ये हालसम्म चारवटा उद्योगले मात्र गुणस्तर प्रमाणपत्र लिएर सञ्चालन गरेका छन् । अब सो संख्या सात पुगेको छ । अठचालीस ग्यास उद्योगले अहिलेसम्म गुणस्तर प्रमाणपत्र लिएका छैनन् ।

गुणस्तर प्रमाणपत्र लिने अन्यमा मनोज ग्यास उद्योग वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग धादिङ र नेपाल ग्यास उद्योग बालाजु रहेका छन् । गुणस्तर प्रमाणपत्र नलिइ सञ्चालन गरेको व्यापक जनगुनासो आएपछि विभागले गत पुसमा विभिन्न १० उद्योगको अनुगमन गरेको थियो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले दुई महिनाभित्र सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी सबै उद्योगसँग आवश्यक कागजात मगाइएको बताए । ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची–२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij