२०८३ साउन ९ शनिबार

महँगी बढ्यो : राष्ट्र बैंक

ई आर्थिक    सोमबार, पौस १० २०७४
9.2K
Shares
महँगी बढ्यो : राष्ट्र बैंक
मेनुका कार्की सोमवार, पुस १०, २०७४, काठमाडौं :  कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो। असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा आइपुग्दा तीन दशमलव नौ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि चार दशमलव आठ प्रतिशत थियो ।

२०७२ को कात्तिकमा भूकम्प र नाका बन्दीको कारण मूल्य वृद्धि १०.४ प्रतिशत पुगेको थियो। दुई वर्ष अघिको मूल्यका आधारमा यस वर्ष वस्तु तथा सेवाको मूल्य घटे पनि यस वर्षको पहिलो चार महिनामा भएको मूल्य वृद्धिमध्ये कात्तिक महिनामा सबैभन्दा बढी हो।

त्यतिबेला भूकम्प र यसपछिको परकम्पनका कारण देशको आर्थिक अवस्था डामाडोल थियो। त्यसपछि भारतीय नाकाबन्दीका कारण देशभित्र वस्तुको मूल्य बढेर छोइनसक्नु भएको थियो। गत वर्षसम्म भूकम्प र नाकाबन्दीको असर रहे पनि विस्तारै बजार मूल्य भने सहज बन्दै गयो।

गेडागुडी र मसलाको मूल्य घट्यो

कात्तिक महिनामा खाद्य तथा गैरखाद्य दुवै समूहमा पर्ने वस्तुको मूल्य घटेको छ। समीक्षा अवधिमा खाद्य समूहको वस्तुको मूल्य दुई दशमलव तीन प्रतिशत र गैरखाद्य वस्तुको मूल्य पाँच दशमलव एक प्रतिशत रहेको छ। गएको वर्ष यसै अवधिमा खाद्य समूहअन्तर्गत पर्ने वस्तुको मूल्य दुई दशमलव ६ प्रतिशत र गैरखाद्य वस्तुको मूल्य ६ दशमलव पाँच प्रतिशत थियो।

असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा आइपुग्दा तीन दशमलव नौ प्रतिशत पुगेको छ।

त्यो महिनामा गेडागुडी तथा मसलाको मूल्य सबैभन्दा बढीले घटेको छ। यस अवधिमा गेडागुडीको मूल्यमा २४.१ र मसलाको मूल्यमा साढे पाँच प्रतिशतले कमी आएको छ। तर, तरकारीको मूल्यमा भने नौ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ।

सबैभन्दा सस्तो काठमाडौं

राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा सबैभन्दा सस्तो सामान काठमाडौं कारोबार भएको छ। यो महिनामा काठमाडौंको मूल्य वृद्धि तीन दशमलव दुई प्रतिशत छ। हिमाल सबैभन्दा मह्गो देखिएको छ। यस्तो वृद्धिदर पहाडमा चार दशमलव सात र तराईमा तीन दशमलव सात प्रतिशत छ। गत वर्षको सो महिनामा काठमाडौंमा तीन, हिमालमा चार, तराईमा पाँच दशमलव एक र पहाडमा ६ दशमलव दुई प्रतिशत थियो।

घट्यो रेमिट्यान्स

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेसँगै अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको रेमिट्यान्समा कमी आएको छ। गत वर्ष कात्तिकसम्म अर्थात् पहिलो चार महिनामा एक लाख २५ हजार सात सय ८१ कामदार वैदेशिक रोजगारीमा गएका थिए। तर, यस वर्षको सोही अवधिमा कामदारको संख्या एक प्रतिशतले घटेको छ। भूकम्पपछि घट्न थालेको वैदेशिक कामदारमा जानेको संख्या घट्दा गएको वर्ष करिब आठ प्रतिशतले घटेको थियो।

वैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै रेमिट्यान्समा पनि एक दशमलव चार प्रतिशतले कमी आएर दुई खर्ब २८ अर्ब ९५ करोडमा सीमित भएको छ।

भदौसम्म बढ्न नसकेको रेमिट्यान्स असोज र कात्तिकमा चाडबाडका कारण बढ्ने अपेक्षा राष्ट्र बैंकले गरेको थियो। सोही अनुरुप असोजमा सामान्य वृद्धि पनि भए पनि कात्तिकमा भने अपेक्षा गरेअनुसारको रेमिट्यान्स भित्रन सकेन। गत आवको कात्तिकसम्ममा दुई खर्ब ३२ अर्ब १४ करोड रुपैयाँ नेपाल भित्रिएको थियो।

शोधनान्तर पनि घट्यो

गत वर्ष कात्तिकमा करिब २१ अर्ब ९८ करोड बचतमा रहेको शोधनान्तर अवस्था चालू आवमा दुई अर्ब ४० करोड रुपैयाँमा खुम्चिएको छ। शोधनान्तर घटेका कारण बैंकिङ क्षेत्रमा तरलता अभाव देखिन थालेको हो।

शोधनान्तर घटेसँगै यसपालीको पहिलो चौमासमा चालू खाता पनि घाटामा रहेको छ। गएको वर्ष सो अवधिमा एक अर्ब ८६ करोड रहेको चालु खाता यसपालि २५ अर्ब ८१ करोड घाटामा रहेको हो।

बैंकमा तरलता अभाव

रेमिट्यान्स घटेको र चुनावमा भएको खर्च बंैकिङ च्यानलमा अझैसम्म नआएका कारण वित्तीय क्षेत्रमा पुनः तरलता संकट पर्ने देखिएको छ। तरलता अभाव हुने संकेत देखिएपछि बैंक तथा वित्तीय संस्थाले बैंकले निक्षेपको ब्याजदर बढाउने योजना धमाधम सार्वजनिक गरिरहेका छन्।

गत वर्ष पनि यो समयमा बैंक तथा वित्तीय संख्याले चरम तरलता अभाव खेपेका थिए। गत वर्ष पुँजी वृद्धि योजनासँगै बैंकहरूले अन्धाधुन्दा लगानी गरेका कारण लगानीयोग्य पुँजीको अभाव भएको थियो। तर, यस वर्ष भने घट्दो रेमिट्यान्स र र शोधनान्तरका कारण तरलता संकट पर्ने देखिएको हो।

यस्ताे छ चार महिनाकाे मूल्य वृद्धि

कात्तिक ३.४

असोज ३.१

भदौ ३.४

साउन २.३

स्रोतः राष्ट्र बैंक

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij