२०८३ साउन ९ शनिबार

गुटखाजन्य पदार्थको रोकथामका लागि हस्ताक्षर अभियान

ई आर्थिक    शनिबार, मंसिर २ २०७४
4.4K
Shares
गुटखाजन्य पदार्थको रोकथामका लागि हस्ताक्षर अभियान

२०७४ मङ्सिर २ शनिबार, राजविराज- ‘हमर प्रतिज्ञा सभक सरोकार, खैनी गुटखामुक्त परिवार, युवा समर्पित स्थानीय सरकार’ भन्ने नारासहित सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थको बिक्री र प्रयोगविरुद्ध शुक्रबारबाट राजविराजमा हस्ताक्षर अभियान प्रारम्भ गरेको छ ।

राजविराजको गजेन्द्र चोकमा आयोजित एक कार्यक्रमबीच राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले पहिलो हस्ताक्षर गर्दै अभियानको प्रारम्भ गरे।

उनले गुटखाजन्य पदार्थ सेवन गर्ने युवा शक्तिको संख्या बढिरहेको बताउँदै यसलाई कमी ल्याउन नगरपालिकाले पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र स्थानीय निकायका प्रमुखलाई बुझाएर बिक्री र प्रयोग बन्द गराउन दबाब दिइने सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले बताए।

सो अभियानका क्रममा नागरिक समाजका कावा अध्यक्ष थानसिंह भन्साली, राजविराज नगरपालिकाका पूर्व प्रमुख शैलेश चौधरीलगायतको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij