२०८३ साउन ९ शनिबार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ६३ औं शाखा बर्दियाको बढैयाताल मैनापोखरमा

ई आर्थिक    मंगलबार, कार्तिक ७ २०७४
2.7K
Shares
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ६३ औं शाखा बर्दियाको बढैयाताल मैनापोखरमा

६ कात्तिक, काठमाडौं । नेपालको बैंकिङ्ग क्षेत्रमा अद्वितीय पहिचान बनाउन सफल रहेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६३ औं शाखा बर्दियाको बढैयाताल मैनापोखर संचालनमा ल्याएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गर्नु भएको थियो । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बैंकले ग्राहक महानुभावहरुलाई देशैभरी फैलिएका यस बैंकको ६३ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले जनप्रिय माध्यमिक विद्यालय र श्री वागेश्वरी निम्न माध्यमिक विद्यालय लाई १÷१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटा र बढैयाताल गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा गर्नु भएको छ ।

उक्त शाखाका इन्चार्ज दिनेशकुमार ढुंगानाले यस क्षेत्रमा कृषि कर्जा, पशु पालन लगायतका क्षेत्रमा प्रसस्त लगानी गर्ने बैंकको उद्देश्य रहेको बारेमा प्रकाश पार्नु भयो ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा सहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले हुम्लाको सर्केगाड, झापाको हल्दिबारी, महोत्तरीको औरही, र दाङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij