२०८३ साउन ९ शनिबार

८८ किलो सुन तस्करी प्रकरण : थप ५ जना पक्राउ

ई आर्थिक    बुधबार, असोज ४ २०७४
3.5K
Shares
८८ किलो सुन तस्करी प्रकरण : थप ५ जना पक्राउ

४ असोज, काठमाडौं । प्रहरीले ८८ किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले बुधबार सुन तस्करीमा संलग्न कार्यविनायक सुनचाँदी पसलका गणेशदत्त बडु, शाक्य सुनचाँदी पसलका सुभरत्न शाक्य, पशुपति सुनचाँदी पसलका नन्दकुमार मर्गले, रवि श्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल र दिनकर सालुखेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतमा म्याद थप गरिएको

रसुवा केरुङ नाका हुँदै काठमाडौं भित्र्याएको ८८ किलो सुन केही दिनअघि प्रहरीले काठमाडौंबाट बरामद गरेका थिए। यसअघि प्रहरीले सुन तस्करीमा सहयोग गरेको भन्दै महाशाखाले तीन जना सवारी चालकलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij