२०८३ साउन ९ शनिबार

तीनकुनेमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ई आर्थिक    बुधबार, असोज ४ २०७४
2.3K
Shares
तीनकुनेमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

४ असोज, काठमाडौं । तीनकुनेनजिक गए राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कोटेश्वरबाट गौशाला जाँदै गरेको बा६१प नम्बरको मोटरसाइकल राति करिब १ बजे पल्टिँदा चालक ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङका साथै पछाडि सवार काभ्रेपलाञ्चोकका २८ वर्षीय विशाल लामाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङ र लामालाई उपचारको क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी साधन प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij