२०८३ साउन ९ शनिबार

तोलामा एकै दिन ६ सय रुपैयाँले महँगियो सुन, यस्तो छ आजको भाउ

ई आर्थिक    शुक्रबार, भाद्र २३ २०७४
4.3K
Shares
तोलामा एकै दिन ६ सय रुपैयाँले महँगियो सुन, यस्तो छ आजको भाउ

२३ भदौ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ एकै दिन तोलामा ६ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आज ह्वातै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ प्रति तोला ५७ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यस्तै, तेजावी सुनको भाउ पनि आज ५७ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको भाउ प्रतितोला ५७ हजार २ सय र तेजावी ५६ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij