२०८३ असोज १ बिहिबार

सिरहा नेपाली कांग्रेसबाट उम्मेदवार छान्दा कुटाकुट, ११ जना घाइते

ई आर्थिक    बुधबार, भाद्र २१ २०७४
5.8K
Shares
सिरहा नेपाली कांग्रेसबाट उम्मेदवार छान्दा कुटाकुट, ११ जना घाइते

२१ भदौ, काठमाडौँ । सिरहा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार छान्ने विषयमा विवाद हुँदा कुटाकुट भएको छ ।

सिरहा नगरपालिकाको मेयरको उम्मेदवार कांग्रेस कोषाअध्यक्ष सीतादेवी यादवका छोरो डा. सुभाषचन्द्र यादवलाई दिएपछि असन्तुष्ट उपेन्द्र यादव पक्षबिच कुटाकुट भएको हो ।

दुई पक्षको हानाहानमा ११ जना घाइते भएका छन् । सिरहा प्रहरीका अनुसार जगदिश यादव गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । अरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

कुटाकुट पार्टी कार्यालयभित्र भएको थियो । अहिले अवस्था सामान्य भइसकेको र थप घटना हुन दिन सतर्कता अपनाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij