२०८३ असोज ९ शुक्रबार

हुण्डीमार्फत एक अर्बभन्दा बढी कारोबार गर्ने एक महिला पक्राउ

ई आर्थिक    शुक्रबार, असोज ९ २०८३
551
Shares
हुण्डीमार्फत एक अर्बभन्दा बढी कारोबार गर्ने एक महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब रुपियाँभन्दा बढीको कारोबार गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले अवैध हुण्डीमार्फत रु एक अर्ब तीन करोड ८४ लाख ७५ हजार ८४५ कारोबार गरेको आरोपमा सुनसरी धरान उपमहानगरपालिका–१३ की ज्योति शाहीलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता अनुपमशमशेर जबराले श्रमिकले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामार्फत कारोबार गर्ने गरेको सूचनाका आधारमा शाहीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

शाहीले विदेशबाट प्राप्त रकमलाई स–साना भागमा विभाजन गरी कनेक्ट आइपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका बैंक खातामा पठाउने गरेको र सोही माध्यमबाट हुण्डी कारोबार सञ्चालन गरेको खुलेको छ ।

शाहीले घरेलु तथा साना उद्योग कार्यालय इटहरी, सुनसरीमा दर्ता रहेको ‘शाही मनि ट्रान्सफर’को नामबाट कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा उक्त रकम कारोबार गरेको पाइएको छ ।

हुण्डीसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमति लिई शाहीलाई धरानको खैरेनीबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij