२०८३ असोज ७ बुधबार

प्राइम कमर्सियल बैकको १९औं वार्षिकोत्सवको अवसरमा ५२२ जनाले गरे रक्तदान

ई आर्थिक    बुधबार, असोज ७ २०८३
399
Shares
प्राइम कमर्सियल बैकको १९औं वार्षिकोत्सवको अवसरमा ५२२ जनाले गरे रक्तदान

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १९औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा गरी देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरुगरी ५२२ जनाले रक्तदान गर्नुभएको थियो । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्राबिधिकहरुलाई धन्यवाद दिदै, मानव जिवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारणा राख्नु भयो ।

प्रमुख कार्यकारी अधिकृत मानन्धरले आगामी दिनमा पनि यस्तै बिभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्घता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij