२०८३ असोज ७ बुधबार

बुल मेसिन खरिदमा मुक्तिनाथ विकास बैंकको वित्तीय सुविधा

ई आर्थिक    बुधबार, असोज ७ २०८३
152
Shares
बुल मेसिन खरिदमा मुक्तिनाथ विकास बैंकको वित्तीय सुविधा

पोखरा । नेपालमा निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रा.लि. र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बुल मेसिन खरिद गर्ने ग्राहकलाई वित्तीय सुविधा उपलब्ध गराउने विषयमा समझदारी भएको छ।

पोखरामा आयोजित एक कार्यक्रममा अटोवेज प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल र मुक्तिनाथ विकास बैंकका हेड अफ रिजन बाबुराम ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार निर्माण व्यवसायी, ठेकेदार, उद्यमी तथा निर्माण उपकरणमा लगानी गर्न चाहने व्यवसायीले बुल मेसिन खरिद गर्दा बैंकमार्फत वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखेर डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउन सक्नेछ। यस्तै, ग्राहकले स्वीकार्य थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा बैंकको कर्जा मूल्यांकन तथा नीतिअनुसार इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म वित्तीय सुविधा पाउन सक्नेछन्।

थप धितो उपलब्ध गराउने ग्राहकका लागि ब्याजको प्रिमियम दरमा ०.५० प्रतिशतसम्म कमी हुन सक्ने व्यवस्था पनि गरिएको छ। अतिरिक्त धितोबिना कर्जाको अवधि अधिकतम ४ वर्षसम्म र अतिरिक्त धितोसहित ७ वर्षसम्म कायम हुन सक्नेछ। कर्जाको अवधि भने आपसी सहमति तथा बैंकको प्रचलित कर्जा नीतिमा आधारित हुनेछ।

सहकार्यअन्तर्गत दुवै संस्थाले वित्तीय सुविधाबारे लक्षित ग्राहकलाई जानकारी गराउन तथा निर्माण उपकरण खरिदमा वित्तीय पहुँच विस्तार गर्न संयुक्त बजारीकरण र प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्ने भएका छन्।

अटोवेज प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत सन्ध्या पौडेलले नेपालभर गुणस्तरीय निर्माण उपकरणमा ग्राहकको पहुँच सहज बनाउन सहकार्य महत्वपूर्ण रहेको बताइन्।

उनका अनुसार निर्माण व्यवसायी तथा उद्यमीलाई उत्पादनशील सम्पत्तिमा लगानी गर्न वित्तीय पहुँचले महत्वपूर्ण भूमिका खेल्छ। मुक्तिनाथ विकास बैंकसँगको सहकार्यले बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई थप व्यवस्थित र सहज वित्तीय विकल्प उपलब्ध गराउने उनले विश्वास व्यक्त गरिन्।

अटोवेजका अनुसार सहकार्यले निर्माण तथा पूर्वाधार क्षेत्रको विकासमा योगदान पुर्‍याउनुका साथै व्यवसायीलाई मेसिनरी क्षमता विस्तार गर्न सहयोग पुग्नेछ। साथै, खरिदपछिको सेवा, स्पेयर पार्ट्स तथा समग्र ग्राहक सहयोगलाई थप सुदृढ बनाउनसमेत सहकार्यले मद्दत पुग्ने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij