२०८३ भाद्र ३१ बुधबार

डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते हुँदै, डिजिटल रेजिलियन्सदेखि एआई गभर्नेन्ससम्म छलफल हुने

ई आर्थिक    बुधबार, भाद्र ३१ २०८३
114
Shares
डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते हुँदै, डिजिटल रेजिलियन्सदेखि एआई गभर्नेन्ससम्म छलफल हुने
काठमाडौं : आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ असोज ४ गते आइतबार आयोजना गर्ने भएको छ। ललितपुरस्थित द प्लाजा, पुल्चोकमा हुने ‘डिजिटल नेपाल कन्क्लेभ २०२६ इन एसोसिएसन विथ टिङटिङ एन्ड थर्ड फ्याक्टर एआई’ मा डिजिटल रेजिलियन्स, गभर्नेन्स, डेटा, एआई र डिजिटल अर्थतन्त्रका विषयमा छलफल हुनेछ।
गत भाद्र ११ गते आयोजना हुने तय भएको कार्यक्रम रसुवामा आएको भीषण बाढी–पहिरोका कारण स्थगित गरिएको थियो। स्थगित कार्यक्रमलाई थप परिमार्जन गरी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रमको यस वर्षको मुख्य थिम ‘बिल्डिङ डिजिटल रेजिलियन्स: रिडिफाइनिङ द गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ रहेको छ। विपद्का समयमा थप सक्षम, समावेशी र नागरिककेन्द्रित डिजिटल प्रणालीको प्रयोग तथा विकासका विषयमा समेत विशेष छलफल हुने आयोजकले जनाएको छ।
विगत पाँच वर्षदेखि डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासलाई केन्द्रमा राखेर कन्क्लेभ आयोजना गर्दै आएको आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले बताए।
‘कन्क्लेभलाई डिजिटल प्रविधि क्षेत्रका सरोकारवालाबीच संवाद, सहकार्य र नीतिगत छलफलको साझा मञ्चका रूपमा विकास गर्दै लगिएको छ,’ उनले भने, ‘यस वर्ष डिजिटल रेजिलियन्सलाई केन्द्रमा राख्दै डिजिटल गभर्नेन्स, डेटा, एआई, सार्वजनिक सेवा र डिजिटल अर्थतन्त्रका विषयलाई विशेष महत्त्व दिएका छौँ।’
आइतबार बिहान ९ बजेदेखि सुरु हुने कन्क्लेभमा तीनभन्दा बढी किनोट स्पिच, पाँचभन्दा बढी प्यानल संवाद, पावर संवाद, डिजिटल स्पार्क प्रस्तुति तथा डिजिटल लिडरसिप डाइलग सञ्चालन हुनेछन्। विभिन्न सत्रमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ वक्ताका रूपमा सहभागी हुने कार्यक्रमका संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए।
डिजिटल नेपाल र इन्नोभेसन इकोसिस्टममा काम गरिरहेका २५ भन्दा बढी कम्पनीका प्रविधि तथा समाधान कन्क्लेभमा प्रदर्शनीमा राखिनेछन्। १० भन्दा बढी इन्नोभेसनले आफ्नो ‘आइडिया पिचिङ’ समेत गर्नेछन्।
कार्यक्रममा सरकारी अधिकारी, नीतिनिर्माता, निजी क्षेत्र, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र, विकास साझेदार तथा युवा नवप्रवर्तकलगायत ५०० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ। कन्क्लेभमा नेपालमा विकास भएका डिजिटल प्रविधि तथा समाधानको शोकेस तथा प्रस्तुति समेत रहनेछ।
डिजिटल नेपाल कन्क्लेभ २०२६ बारे थप जानकारी लिन तथा सहभागी हुन टिकट खरिदका लागि आधिकारिक वेबसाइट digitalconclave.org मा जान सकिनेछ।
विगत पाँच वर्षदेखि डिजिटल नेपाल कन्क्लेभसँगै डिजिटल प्रदेश संवाद, कर्णाली र मधेश कन्क्लेभ समेत आयोजना गर्दै आएको फाउन्डेसनले डिजिटल रूपान्तरण र इकोसिस्टम विकासमा योगदान पुर्‍याउँदै आएको आइसिटी फाउन्डेसन नेपालका सल्लाहकार तथा प्याट्रन आनन्दराज खनालले बताए।
टिङटिङ एन्ड थर्ड फ्याक्टर एआईको सहकार्यमा आयोजना हुने यस वर्षको कन्क्लेभमा सस्तो टिकट तथा फोन पे ‘पावर्ड बाइ’ र एनसेल बिजनेस ‘कनेक्टेड बाइ’का रूपमा रहेका छन्।
यस बाहेक एडम स्मिथ इन्टरनेसनल, नासा सेक्युरिटिज, डेटा वर्ल्ड, कता हो, रि–सेक्युरिटी, कोड एक्स स्कुल, सोसियर, स्काई आईटी, सनवे कलेज, नास आईटी, क्यान महासंघ, नेपाल चेम्बर अफ कमर्स, फिनटेक अलायन्स नेपाल, एआई एसोसिएसन नेपाल, डब्लुआईआईटी, निक्की तथा रोबोटिक्स एसोसिएसन नेपाल लगायतका संस्थाको सहकार्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij