२०८३ साउन ९ शनिबार

गुम्बाबाट झण्डै १३ लाखको सामान चोरी

ई आर्थिक    सोमबार, भाद्र ५ २०७४
2.9K
Shares
गुम्बाबाट झण्डै १३ लाखको सामान चोरी

५ भदौ, हुम्ला । सदरमुकामदेखि उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकाअन्तर्गत वडा नं ३ लामा खोलसीको पुरानो कुन्साङ छोइलिङ गुम्बामा साउन २७ गते राति चोरी भएको छ ।

चाँदी १५० तोला र पुराना ताला दुई जोर, पुराना गलैँचासमेत गरी करिब रु १३ लाख २५ हजार बराबरको सामान चोरी भएको मुचुल्कामा देखिएको स्थानीय धारापोखरीस्थित प्रहरी चौकीले जनाएको छ ।

चोरी भएपछि पुजारी ठिल्ले दोर्जे लामालेअनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij