२०८३ भाद्र १९ शुक्रबार

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको सकुशल उद्धार, थप उपचारको लागि काठमाडौं ल्याइयो

ई आर्थिक    शुक्रबार, भाद्र १९ २०८३
152
Shares
त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको सकुशल उद्धार, थप उपचारको लागि काठमाडौं ल्याइयो

रसुवा । त्रिशूली–३ ‘ए’ आयोजनाबाट दुई जनाको सकुशल उद्धार गरिएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको छ भने अर्का एक जनाको अवस्था सामान्य रहेको छ।

जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो चरणमा उद्धार गरिएका कबीर महर्जन हुन्। उहाँलाई उद्धारलगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याई सघन उपचार भइरहेको छ।

यसैगरी, पहिलो चरणमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। स्वास्थ्य अवस्था स्थिर रहे पनि थप स्वास्थ्य परीक्षणका लागि उहाँलाई समेत छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइँदै छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य विज्ञसहितको संयुक्त टोलीले शुक्रबार बिहानै आयोजनाको सुरुङभित्रबाट उनीहरूको उद्धार गरेको हो।

आयोजनाभित्र मानिसहरू फसेको आशंका भएपछि बाढी आएको केही समयदेखि नै सुरक्षाकर्मी तथा उद्धार टोलीले लगातार खोज तथा उद्धार प्रयास गर्दै आएका थिए। लामो प्रयासपछि सुरुङभित्र रहेका दुई जनालाई उद्धार गर्न सफलता मिलेको हो।

उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्थाबारे अस्पतालमा थप परीक्षण तथा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij