२०८३ भाद्र १९ शुक्रबार

प्रधानमन्त्री शाह र अष्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

ई आर्थिक    शुक्रबार, भाद्र १९ २०८३
95
Shares
प्रधानमन्त्री शाह र अष्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ ।

बिहान १० बजे भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट जनधन तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले विपद्का बेला उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्दै विशेषज्ञसहित ड्रोन अपरेटरको टोली, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री शाहले बाढीका कारण नेपालमा बेपत्ता भएका अष्ट्रेलियाली नागरिकको खोजी कार्य तीव्र पारिरहेको जानकारीसमेत दिनुभयो ।

नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्को यस घडीमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताउनुभयो ।

टेलिफोन संवादका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइप्रति चासो र चिन्ता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij