ई–आर्थिक, काठमाडौं । भक्तपुरको ताथली, गोठालेचौरमा भएको लुटपाटमा संलग्नलाई प्रहरीले अझै फेला पार्न सकेको छैन् । प्रहरीले खोजी कार्यलाई तीब्र पारेको जानकारी दिएपनि चारदिनसम्म पनि घटनामा संलग्नको पहिचान हुन सकेको छैन ।
स्थानीय ७२ बर्षीय देबी पौड्यालको घरमा बसिरहेको अवस्थामा विहीबार साँझ ५ बजेतिर उक्त लुटपाटको घटना गराइएको थियो । चोरी उद्देश्यले उक्त घटना गराइएको हुनसक्ने प्रहरीको अनुमान छ ।
लुटपाटमा संलग्नले घरधनी पौड्याललाई काठले टाउकोमा प्रहार गरी अचेत पारेपछि लुटपाट गरेको हुनसक्ने अनुमान पनि प्रहरीको रहेको छ । उनी अचेत भएपछि उनले लगाएको सुनको औठी, मुन्द्रालगायतका गरगहना र धनमाल लुटेर लगेको हुनसक्ने प्रहरीको भनाई थियो ।
‘शारिरीक रुपमा केही असक्त पौड्याल (दिदी)को घरमा खान पकाउन नियमित बुहारी जाने गरेको थिइन् ।’ स्थानीय शिक्षक समेत रहेका भाई श्रीकृष्ण के.सी.ले भने– ‘बुहारी घटनास्थल रहेको घरमा ७ बजेको हाराहारीमा पुगेपछि मात्रै घटनाको बारेमा थाहा भएको थियो ।’

रक्ताम्य ७२ बर्षीय पौड्याललाई अचेत अवस्थामा उद्दार गरी अस्पताल लगिएको थियो । हाल उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको र स्वास्थ्य अवस्वस्थामा केही सुधार भइरहेको भाई श्रीकृष्णले जानकारी दिए । ‘अचेत अवस्थामा उपचाररत दिदीको स्वास्थ्य अवस्थामा केहीमात्रमा सुधार भइरहेको छ ।’ उनले भने– ‘टाउँकोको भित्री भागमा केही रगत जमेको र समयमै उपचारमा पु¥याइएकाले दिदी खतरामुक्ततर्फ उन्मूख भइरहनुभएको छ ।’