२०८३ भाद्र १५ सोमबार

आइडियल बचत तथा ऋण सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

ई आर्थिक    सोमबार, भाद्र १५ २०८३
665
Shares
आइडियल बचत तथा ऋण सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

राजविराज, सप्तरी । विपद् तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सप्तरीस्थित आइडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ।

सहकारीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो। संस्थाले ग्लोबल आइएमई बैंक, राजविराज शाखामार्फत प्रधानमन्त्री राहत कोषको नाममा उक्त रकमको चेक जम्मा गरेको जनाएको छ।

विपद्का समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा सरकारले सञ्चालन गर्ने उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको सहकारीले जनाएको छ।

सामाजिक तथा मानवीय सेवामा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्थाले आगामी दिनमा पनि समुदाय तथा राष्ट्रलाई आवश्यक परेको अवस्थामा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सरकारले प्राकृतिक विपद् तथा विभिन्न संकटबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वान गर्दै आएको छ।

आइडियल बचत तथा ऋण सहकारीको सहयोगले विपद् प्रभावित नागरिकका लागि सञ्चालन हुने राहत तथा उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij